Logo
Logo

रौतहटमा झडप हुँदा सशस्त्रका दुईसहित १९ प्रहरी घाइते


2.2k
Shares

काठमाडौं । रौतहटमा मुस्लिम समुदायले मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

बिहीबार साँझ राजपुर नगरपालिका–६ कुडिया गाउँमा मुस्लिम समुदायले दाहा मनाउने क्रममा केही युवाहरू उश्रृङ्खल भइदिँदा स्थिती तनावग्रस्त बनेको थियो । युवाहरूलाई प्रहरीले शान्त रहन आग्रह गरेका थिए । तर, उनीहरुले ढुङ्गा प्रहार गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन् ।

जसमा नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यसपछि अश्रुग्याँस र ब्याक हवाई फायर गरेर स्थिती नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्