Logo
Logo

इलाम–झापाबाट तस्करी


14.2k
Shares

काठमाडौं । मोरङमा तस्करी मौलाएको भन्दै एसपी विश्व खड्कामाथि छानबिन चलिरहेको बेला इलाम र झापाका विभिन्न नाकाबाट पछिल्लो समय तस्करी मौलाएको छ । डिआइजी शम्भू सुवेदीले कमाण्ड सम्हालेपछि झापा र इलामका सीमा नाकामा तस्करी मौलाएको हो ।

सुवेदीकै निर्देशनमा तस्करसँग आर्थिक लेनदेन गरेको आरोपमा खड्कामाथि छानबिन चल्दा उनलाई भने उन्मुक्ति दिइएको छ । छानबिनका लागि बनेको समितिमा खड्ककै व्याची हुँदा उन्मुक्ति पाउने सम्भावनासमेत रहेको छ ।

खड्काका व्याची माधव रेग्मीलाई फिल्डमा खटाइएको छ भने समितिका संयोजक डिआइजी लक्ष्मण सिंह भने हेडक्वार्टरमा फ्यान चलाएर चिसोको मज्जा छुट्टै हुन्छ भन्दै बसेका छन् ।

सिंहको नेतृत्वमा छानबिन समिति बनेको थियो । उनी आफू गर्मीमा जान नसक्ने भन्दै खड्काका व्याची माधव रेग्मीलाई पठाएका हुन् ।

यता, इलामको विभिन्न नाकाबाट पछिल्लो समय तस्करी मौलाएको छ । इलामको मुख्य नाका पशुपतिनगरबाट डिएसपी हेम श्रेष्ठ र इलाम गणका गणपछि प्रदीप खड्काको मिलेमतोमा तस्करी मौलाएको आरोप छ । सो नाकाबाट चुरोट र मदिरा मुख्य रुपमा तस्करी हुने गरेको छ ।

एसपी खड्का सप्तरीमा हुँदा कमान्ड कमजोर भएका कारण बिचमै तानिएका थिए । राजनीतिक शक्तिको आडमा इलाम पुगेका खड्काको कमाण्ड कमजोर रहेको उजुरी मुख्यालयमा परेको छ ।

इलामका विभिन्न नाका हुँदै सिक्किमबाट रक्सी आउने गरेको छ । नेपालबाट भने चुरोट, जडीबुटी, काठ तस्करी हुने गरेको छ । साथै गोरु पनि तस्करी हुने गरेको छ । दसगजा क्षेत्रमा नेपालबाट लगिएका गोरुको बध हुने गरेको छ ।

झापाको काँकडभिट्टा नाकामा डिएसपी लोकनाथ उप्रेतीको तस्करी धन्दा चलाएको भन्दै मुख्यालयमा उजुरी परेको छ । झापा दरबन्दी भएका उनी कमाउ धन्दाकै लागि काँकडभिट्टा गएका हुन् । यस्तै झापाको बाहुनडांगी, भद्रपुर आदि नाकामा समेत एसपी कबिन्द्र राईको संरक्षणमा तस्करी धन्दा मौलाएको स्रोतले जनाएको छ ।

‘बराह बाहिनीका डिआइजी सुवेदीको निर्र्देशनमा एसपी राईले झापाबाट गोरु तस्करीको लाइन खुलाएका छन्, राती १२ बजेपछि लाइन लगाएर गाईगोरु पानी ट्याङ्की पास गराउने गरिएको छ’, स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्