Logo
Logo

सचिव भट्टराईलाई पूर्वमुख्यमन्त्री कार्कीको धम्की- कुटिपिट गरेर शौचालयमा थुन्छु


13k
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले एक कर्मचारीलाई धम्क्याएका छन् । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई पूर्वमुख्यमन्त्री कार्कीले फोनमार्फत कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको आरोप लगाएका छन् ।

सचिव भट्टराईले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टरलाई एक निवेदन दिंदै जीउ धनको रक्षा र शान्ति सुरक्षाको माग गरेका छन् । उनले दोषीमाथि कारवाही गर्न आग्रह गरेका छन् ।

सोमबार अपरान्ह ४ः५३ बजे विरोट गोल्ड कपको विषयलाई लिएर पूर्वमुख्यमन्त्री कार्कीले सचिव भट्टराई तथानाम गालीगलौज गरेका थिए । मात्रिका यादवले सचिवलाई कुटेर शौचालयमा थुनेको याद होला, म पनि तलाईं मन्त्रालयमा आएर कुट्छु, शौचालयमा थुन्छु’ भन्दै गालीगलौज गरेको सचिव भट्टराईको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्