Logo
Logo

कुशलले गाए पहिलोपटक पालाम (भिडियोसहित)


567
Shares

काठमाडौं । गायक तथा अभिनेता कुशल थलङले पहिलोपटक पालाम गाएका छन् । दर्जनौं गीत गाइसकेका कुशल मनु नेम्बाङले गाएको ‘नौतुन माया’ बोलको पालाम सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित यस पालाममा मदन वनेमको शव्द संकलन तथा शिव सम्बाहाम्फेको लय संकलन रहेको छ । उक्त भिडियोलाई धरानमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

उक्त पालाममा भिडियोमा दिदीको घरमा पाहुना जाँदा मेन्छिनसँग ख्याली गाएर साईनो सम्बन्ध केलाएपछि पालाम गाएको कथा प्रस्तुत गरिएको छ । भिडियो सार्वजनिक गरेपछि गायक कुशलले भने, ‘लिम्बू भाषाको केही गीत गाएपनि पालाम गाएको चाहिँ पहिलोपटक हो ।’

मदन वनेमको निर्देशनमा दिनेश राईको छायांकन, शिरकुमार राईको ड्रोन, सम्पादन र कलर र महेश सिग्देलको मेकअप रहेको भिडियोमा कुशल थलङ, बिनु तुम्बाहाम्फे, डीबी लिम्बू, मिना हुक्पा चोङबाङ (यक्सो), डम्बरकुमारी पयाङगु (मेन्याङ्बो), शिव सम्बाहाम्फे, पूर्णिमा तुम्बाहाम्फे र रेबिका निङलेकूको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा म्यूजिक मिडिया धरानमा विजय श्रेष्ठले रेकर्ड गरेको पालाम भिडियोलाई मिना हुक्पा चोङबाङले निर्माण गरेकी हुन् । डम्बर कुमारी पयाङगु मेन्याङ्बो सह निर्मात्री रहेको पालमको म्युजिक भिडिया गायक कुशल थलङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पछिल्लो समय कुशल गायनसँगै म्युजिक भिडियो तथा फिल्ममा अभिनय गर्दै आएका छन् । उनी अभिनीत फिल्म ‘युक्पुङ’ रिलिजको क्रममा छ । जुन फिल्म २८ जुलाई अर्थात शनिबार हङकङमा विशेष प्रदर्शनी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्