Logo
Logo

पोखरा उडेकाे सौर्यका १८ कर्मचारी एयरपोर्टमै अस्ताए


4.2k
Shares

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाज इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि सौर्यकै इन्जिनियर तथा प्राविधिकहरुसहित पोखरा उडेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो । तर, क्याप्टेनबाहेक जहाजमा सवार सबै कर्मचारी १८ जनाकै मृत्यु भएको छ । विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरि केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

चालकदलका सदस्य पाइलटबाहेक जहाजमा कोपाइलट एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका थिए । उनीहरु सबैको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्