Logo
Logo

दृष्टिकर्मी  रेजिना पाण्डेको कथासंग्रह ‘अस्तित्व’ विमोचित


1.4k
Shares

काठमाडौं । कला पत्रकार रेजिना पाण्डेद्वारा लिखित कथासङ्ग्रह ‘अस्तित्व’ आज यहाँ विमोचन गरिएको छ ।

महिला-पुरुष सम्बन्धलगायत प्रेम, नारी मनका भाव, पुरुष मनोविज्ञान, पुरुषभित्रको रिक्तता र महिलाको बाध्यता चित्रण गरिएका १७ कथा कृतिमा सङ्गृहीत छन् ।  

लेखिका पाण्डे स्वयं प्रकाशक रहेको सङ्ग्रहका हरेक कथामा महिला पात्र छन्, जो हेपिएका तथा दमन र पीडामा परेका छन् । तिनका दमित इच्छा, सपना र चाहना, असहजता र दुर्दशामय भोगाइ पनि कथामा व्यक्त भएका छन् । 

यहाँ आज आयोजित समारोहमा कृति विमोचन गर्दै वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले समाजमा लुकेको पाटो तथा महिलाले भोगेका पीडा जस्ताको तस्तै उतार्न कथाकार सफल भएको बताए । 

पत्रकार एवं साहित्यकार श्री ॐ श्रेष्ठ रोदन र जयदेव भट्टराई तथा भूमिका लेखक साहित्यकार तथा पत्रकार मणि लोहनीले पत्रकार पाण्डेमा स्थापित कथाकार हुन सक्ने सम्भावना देखिएको विचार व्यक्त गरेका छन् । 

कथाकार पाण्डेले आफूले विराट सिर्जना गर्न नसके पनि समाजका यथार्थ पात्रलाई कथामा उभ्याएको स्पष्ट गरे। उनका यसअघि ‘अविरल पानाहरू’ र ‘सुख खोज्दाका दिनहरू’ कवितासङ्ग्रह प्रकाशित छन् । पाण्डे दृष्टि साप्ताहिकमा कार्यरत छन् । 

प्रतिक्रिया दिनुहोस्