Logo
Logo

बागमतीमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?


14k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री लामाले आफ्नै दल कांग्रेसका तर्फबाट प्रभात तामाङ आर्थिक मामिला तथा योजना, सुरजचन्द्र लामिछाने आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जन युवा तथा खेलकुद र बिमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।

एमालेबाट प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापा मगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्