Logo
Logo

तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता


378
Shares

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । अर्का एक बालक बेपत्ता भएका छन् ।

बुटवल उपमहानगरपालिका–११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बिजयराज पण्डितले जानकारी दिए ।

आफ्नी आमासँग बुटवल सिर्जनानगरस्थित सानी आमाको घरमा आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् । प्रहरीका अनुसार दुवै बालक दिदी–बहिनीका छोराहरु हुन् ।

पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए । नदीमा हराएका विप्रन पाण्डेको खोजी भइरहेको डीएसपी पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस्