Logo
Logo

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक


693
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानोगाउँस्थित थसी ब्यांक्वेटमा बस्ने गरी बैठक आह्वान गरेको छ ।

बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा अभिमुखिकरणका साथै पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजनाका विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्