Logo
Logo
सौर्य विमान दुर्घटना

विदेशी नागरिकबाहेक १७ जनाको शव परिवारले बुझे


3k
Shares

काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनाबाट मृत्यु भएका १७ जनाको शव परिवारले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका परिवारले शव बुझेका हुन् ।

प्रहरीका प्रवक्ता डीआइजी कार्कीका अनुसार एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।

बुधबार काठमाडौंबाट सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेकोमा धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो । जसमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्