Logo
Logo

स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर : स्वास्थ्यमन्त्री


378
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् ।

वीर अस्पतालको १३५ औं बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताएका हुन् । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफुले निर्देशन दिने नभई सहकार्य गर्न खाजेको जिकिर गरे ।

स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधान विस्तार गर्ने उनको भनाइ छ । उनले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौंता गर्न नहुने धारणा राखे । न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै दुबैलाई सहज रुपमा अघि बढाउने गरि मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।

उनले वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि आग्रह गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्