Logo
Logo

संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दै, कृष्णमानबारे निर्णय हुने


1.9k
Shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ । सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा सुनुवाइ समितिको बैठक बोलाइएको समिति सचिव एवं संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

कृष्णमान प्रधान

उक्त बैठकमा निर्वाचन आयुक्तका लागि सिफारिस भएका निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने बारे निर्णय हुने पाण्डेयले जानकारी दिए ।

गत साउन ९ गते प्रधानमाथि सिंहदरबारमा संसदीय सुनुवाइ भएको थियो । समितिले ‘उजुरी नम्बर ४’ नाम दिएका महिलाले आफूलाई विगत ६ वर्षदेखि प्रधानले यौन शोषण गरेको आरोप लगाउँदै उजुरी दिएका थिए । यस्तै अन्य ३ जनाले पनि उनको विषयलाई लिएर उजुरी दिएका थिए ।

बैठकमा सांसदहरूले राज्यको उच्च तहको जिम्मेवारी दिनका लागि उच्च नैतिक चरित्रको आवश्यक पर्ने तर ‘उजुरी नम्बर ४’ले को उजुरी र पेस गरेको प्रमाणका आधारमा उनको नैतिकता कमजोर रहेको विषय उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्