Logo
Logo

कोशीमा एमाले-कांग्रेसबीच टुंगियो मन्त्रालय भागबन्डा


13.4k
Shares

विराटनगर । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कोशी प्रदेश सरकारको आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति भएको छ ।

शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले ४-४ वटा बाँडफाँड गर्ने सहमति गरेको कांग्रेस संसदीय दल नेता उद्वव थापाले जानकारी दिए । मन्त्रालय भागवण्डा टुंगो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको हो ।

मोटामोटी सबै कुरामा छलफल भएर एकखालको सहमति भएको उनले बताए । कांग्रेस सोमबार सरकारमा सहभागी हुने तयारी रहेको थापाले जानकारी दिए ।

उनका अनुसार भौतिक पूर्वाधार, स्वास्थ्य, पर्यटन वन तथा वातावरण र खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालय कांग्रेसलाई दिने तयारी छ ।

त्यस्तै, एमाले र कांग्रेसबीच संसदीय समितिको नेतृत्वमा पनि भागबण्डा भएको छ । प्रदेशमा सात वटा विषयगत समितिमध्ये एउटा समिति प्रतिपक्षी दललाई छाडेर बाँकी ३–३ वटा बाँडफाँड गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्