Logo
Logo
संस्कृति र फेसन

तेह्रथुमे ढाका बुटिक : कल्चरल पहिरनमा ‘ब्राण्डिङ’


10.5k
Shares

काठमाडौं । तेह्रथुमे ढाका बुटिकले नेपाली नारीहरुको पर्व हरितालिका (तीज)लाई लक्षित गर्दै आफ्ना ग्राहक वर्गका लागि ‘विषेश अफर’ ल्याएको छ । हाते तानबाट बुनेको ढाका तथा कल्चरल पहिरनका लागि लोकप्रिय तेह्रथुमे ढाका बुटिकले यसपालीको तीजमा नारीहरुका लागि ‘तीज विषेश छुट’को व्यवस्था गरेको हो । यो विषेश छुटको अवधि महिनासम्म रहने छ ।

यस वर्षको हरितालिका तीज भदौ २१ गते परेको छ । ढाका बुटिककी सञ्चालक एवं फेसन डिजाइनर निरु आङबुङका अनुसार यो २१ साउनदेखि तीजका दिनसम्म १० देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको गरिएको छ । यस अवधिमा सारी, लेहेँगा, टप्स, वान पिस, मेख्ली लगायतका पहिरनमा ग्राहकले छुट पाउनेछन् ।

‘तीज महिलाहरुको विशेष पर्व हो’ निरुले भनिन्, ‘महिलाको यो पर्वलाई अझ विशेष बनाउन यो अफर ल्याएकी हुँ ।’ धार्मिक एवं सांस्कृतिक आस्था बोकेको तिज पछिल्लो समय ‘फेसन’को पर्वका रुपमा समेत विकसित हुँदै गएको छ ।

तीजको मौकामा महिलाहरुले थरीथरीका फेसन गर्न थालेका छन् । यसैलाई मध्येनजर गर्दै तीज विशेष अफर ल्याएको निरुको भनाइ छ । निरु भन्छिन्, ‘तीज संगीत र फेसनको पर्वका रुपमा समेत मौलिरहेको बेला ढाका पहिरनलाई पनि स्थान दियौँ भनेर यसपाली तीजमा छुटको अफर ल्याएकी हुँ ।’ त्यसो त तीजलाई लक्षित गर्दै अन्य बुटिक तथा क्लोथ स्टोरहरुले पनि धमाधम छुटको व्यवस्था गर्न थालेका छन् ।

ललितपुरको तिखेदेवलस्थित तेह्रथुमे ढाका बुटिक सर्वसाधारणदेखि सेलिबे्रटीसम्म लोकप्रिय छ । महिलाका लागिमात्र नभएर पुरुषका लागि पनि तेह्रथुमे ढाका बुटिक उत्तिकै लोकप्रिय छ । महिलाका लागि ढाकाको सारी, गाउन, मेख्ली, वानपिस, टप्सलगायत अर्डर अनुसार सबै प्रकारका पहिरन तयार गर्दै आएको तेह्रथुमे ढाका बुटिकमा पुरुषका लागि खाँडीको दाउरा सुरुवाल, ढाकाको कोट, टोपी लोकप्रिय छ ।

तेह्रथुमे ढाका बुटिकको विशेषता

कल्चरल ढाका पहिरनका लागि चर्चित तेह्रथुमे ढाका बुटिकमा मोर्डन र क्याजुअल ड्रेस पनि तयार गर्छ । विशेषगरी तेह्रथुममा घरमै हाते तानबाट बुनेको ढाकाको नर्मलदेखि डिजाइनिङ सारी, लेहेँगा, मेख्ली, कोट, दाउरा–सुरुवाल (तागा), गाउन, सल, टाई, वान पिस, स्टाकोट, टोपी लगायतका ड्रेसहरु बुटिकले तयार गर्दै आएका छ । ग्राहकको इच्छा र रोजाइअनुसार समयमै स्तरिय र सुलभ मूल्यमा ढाका पहिरन उपलब्ध गराउनु तेह्रथुमे ढाका बुटिकको मुख्य विषेशता हो ।

बुटिकको स्थापना

पुर्वी नेपालको पहाडी जिल्ला तेह्रथुम, हातेतानबाट बुनिने ढाका कपडाका लागि चर्चित छ । ढाका तेह्रथुमको पहिचान पनि हो । तेह्रथुम जिल्लाको पहिचान बनेको ढाका कपडालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन तथा सम्वद्र्धन गर्ने उद्देश्य २०७१ सालमा सुरुवात गरिएको हो, तेहुथुमे ढाका बुटिक ।

ललितपुरको नख्खिपोटमा ‘तेह्रथुमे ढाका कलेक्शन’ नामबाट सुरु भएको ‘तेह्रथुमे ढाका बुटिक’ कल्चरल पहिरनका लागि छोटो समयमै लोकप्रिय बन्यो । पछिल्लो समय ‘तेह्रथुमे ढाका बुटिक’ कल्चरल र मोर्डल ड्रेसका चर्चित छ । हाते तानबाट बुनेका डिजाइनिङ तथा क्याजुअल पहिरन तेह्रथुमे ढाका बुटिकको विशेषता हो । जसका कारण आज सेलिब्रेटीदेखि नेतासम्मको रोजाइ बन्न पुगेको छ तेह्रथुमे ढाका ।

ढाका प्रवद्र्धन

हातले बुनेको ढाकाको पहिरन कुनैबेला आदिवासी जनजाती समुदायभित्रै सिमित थियो । त्यसैले ढाका पहिरनलाई ‘किराती वा जनजाती ड्रेस’ भनिन्थ्यो । तर, अहिले ढाका पहिरन ‘राष्ट्रिय फेसन’जस्तै बनेको छ । तेह्रथ्मे ढाका सर्वसाधारणका लागिमात्र नभएर नेतादेखि अभिनेतासम्मको रोजाइ बन्न पुगेको छ । यसको श्रेय पनि तेह्रथुमे ढाका बुटिक नै हो ।

ढाकाको प्रवद्र्धन गर्न तेह्रथुमे ढाका बुटिकले अहोरात्र मिहिनेत र संघर्ष गरेको छ । तेह्रथुमे ढाका पहिरनको प्रवद्र्धनका लागि बुटिकले विभिन्न फेसन शो, इभेन्ट, फिल्मदेखि म्युजिक भिडियोसम्मको ड्रेस तयार गर्दै आएको छ ।

तेह्रथुमे ढाका बुटिक कल्चरल ब्युटि पेजेन्ट ‘मिस लिम्बू’को तेस्रो संस्करणदेखि निरन्तर अफिसियल ड्रेस डिजाइनरका रुपमा रहँदै आएको छ । चर्चित सांगीतिक टिभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–१ मा निर्णायकदेखि पाटिसिपेन्टसम्मको ड्रेस डिजाइन गरेको थियो । साथै, अर्को रियालिटी शो ‘नेपाल आइडल’ सिजन–५ को यसै साता प्रशारित एपिसोडका लागि तेह्रथुमे ढाका बुटिकले निर्णायकका लागि ड्रेस बनाएको थियो ।

‘मिस इण्डिजिनियस’लगायत थुप्रै सौन्दर्य प्रतियोगितामा अफिसियल ड्रेस डिजाइन गरिसकेको यस बुटिकले फिल्म र म्युजिक भिडियोहरुका लागि कल्चरलदेखि मोर्डन ड्रेस तयार गर्दै आएको छ । सोक्रममा देशमा अधिकांश स्थापित र चर्चित कलाकारले तेह्रथुमे ढाका पहिरन लगाइसकेका छन् ।

तेह्रथुमे ढाका बुटिकले अष्ट्रेलिया, क्यानडा, युके, जापान, हङकङ, सिंगापुर, बु्रनाई, कोरियालगायत नेपाली पुगेका विशवका कुना कुनासम्म सेवा प्रदान गर्दै आएको छ । बुटिकले अनलाइनमार्फत अर्डर लिने र अर्डर अनुसारको पहिरन समयमै डेलिभरी गर्दै आएको छ ।

तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा डिजाइनर निरु आङबुङ ।

निरु आङबुङ
तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा डिजाइनर हुन् निरु आङबुङ लिम्बू । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ आङबुङमा जन्मिएकी निरु उच्च शिक्षा हासिल गर्ने उद्देश्यले २०६० सालतिर काठमाडौं छिरेकी हुन् । तर, उनी अध्ययनमा मात्रै सिमित भइनन् । त्यतिबेलै निरुसँग केही गर्ने उर्जा र जोश पलायो । निरुले सोचिन्, ‘तर, के गर्ने त ?’
सोही क्रममा उनी तेह्रथुमको ढाका व्यापार गर्ने मनशायमा पुगिन् । जतिबेला स्थानीयस्तरमा तेह्रथुममा बुनेको ढाका चर्चित थियो । पूर्वमा चर्चित ढाकाको व्यापारसँगै राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने सोचसहित निरुले २०७१ सालमा ‘तेह्रथुमे ढाका कलेक्शन’ सुरु गरिन् ।
निरुले तेह्रथुमे ढाका कलेक्शनको व्यापार सुरु गर्दा ढाका पहिरन फेसनका देश तथा विदेशसम्म विस्तार होला भन्ने सोचेकी थिइनन् । तर, अहिले तेह्रथुमे ढाका देश–विदेशमा विस्तार भएको छ । फेसन दुनियाँ तेह्रथुमे ढाकाको ट्रेण्ड बनेको छ ।
हाल ‘जहाँ नेपाली, त्यहाँ तेह्रथुमे ढाका’ भन्ने भनाइ नै स्थापित भएको छ । यसको श्रेय पनि ‘तेह्रथुमे ढाका बुटिक’ नै हो । ढाका पहिरनका लागि पर्यावाची बनेकी निरु आङबुङ भन्छिन्, ‘मैले ढाका कलेक्शन सुरु गर्दा बृहत्त बजार ओगट्ला भनेर सोेचेकी थिइँन । तर, अहिले जताततै ढाका बुटिकहरु खुलेका छन् । यो देख्दा खुसी लाग्छ ।’

त्यसो त देश–विदेशमा ढाका र ढाका पहिरनको बजारीकरण हुनुमा तेह्रथुमे ढाका बुटिकको प्रमुख योगदान रहेको छ । अहिले पनि व्यवसायीसँगै ढाका पहिरन प्रवद्र्धनमा बुटिकले जोड दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्