Logo
Logo

मन्त्रीले हटाएका सञ्चालक समिति सदस्यलाई कुलमान घिसिङले बैठकमा बोलाए


26.1k
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले हटाएका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यहरूलाई कार्यकारी निर्देशकसमेत कुलमान घिसिङलेसञ्चालक समितिले भने बैठकमा बोलाएका छन् ।

शुक्रबार नै मन्त्री खड्काले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगीको लाइन नजोड्ने अडान लिएका सञ्चालक समिति सदस्यद्वय पुन र आचार्यलाई पदबाट हटाउने निर्णय गरेका थिए ।

तर, कार्यकारी निर्देशकसमेत रहेका सञ्चालक समितिका सदस्यसचिव रहेका घिसिङले आइतबार साढे ४ बजे बैठकका लागि पुन र आचार्यलाई पनि बोलाएका छन् ।

शुक्रबार भएको निर्णयको औपचारिक जानकारी सञ्चालक समितिलाई नभएको भन्दै बैठक बस्न लागेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्