काठमाडौं । अभिनेता राजेश हमाल लामो समयपछि फिल्ममा ‘कमब्याक’ गर्दैछन् । ‘शकुन्तला’पछि हमाल फिल्ममा देखिन छाडेका थिए ।
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने नयाँ फिल्मबाट हमाल कम्ब्याक हुने भएका छन् । हमाल र दिवाकरबिच कागजी सम्झौतासमेत भएको छ । तर, फिल्मको नाम जुराइएको छैन । यो फिल्मको नाम केही दिनमै घोषणा गरिने निर्देशक भट्टराईले बताएका छन् ।
दिवाकरको फिल्ममा काम गर्न लागेको हमालले सामाजिक संजालबाट जानकारी दिएका छन् । यो फिल्मको भदौाबाट छायांकन सुरु हुने बताइएको छ ।