Logo
Logo

गीताको ‘बजाउँदै चुरा’, क-कसले मर्काए कम्मर ? (भिडियो)


4.4k
Shares

काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै गर्दा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ ।

सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।

गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काएका छन् । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता÷दर्शकमाझ आएका छन् ।

नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउँछिन् । ‘बजाउँदै चुरा’लाई केही परिमार्जित गरेर भिडियो सार्वजनिक गरिएको गीताले बताइन् । आफ्ना अन्य गीतलाई जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उनले बताइन् । सञ्चारकर्मी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ पनि पाठकमाझ आएको थियो ।

गीत राम्रो लागेकोले आफूले भिडियो निर्माण एवम् निर्देशन गरको निर्देशक प्रदीपले बताए । तीज गीतमा छाडा प्रवृति मौलाउँदै गएकोमा एक मौलिक तीज गीत श्रोता÷दर्शकमाझ पस्किएको निर्देशक प्रदीपले बताए ।

प्रतिक्रिया दिनुहोस्