Logo
Logo

सुनिता भुजेलले जिते ‘मिसेस ग्लोबल नेपाल-२०२४’ काे ताज


1.8k
Shares

काठमाडौं । यस वर्षको मिसेस ग्लोवल नेपाल २०२४ को ताज चितवनका फेसन डिजाइनर सुनिता भुजेलले पहिरिन सफल भएका छन् । ताजसगै उनले एन. एफ. इ. ए. २०२५ अवार्ड र जापान जाने इन्ट्री प्याकेज समेत पाएका छन् ।

शनिबार अपरान्ह राजधानीको म्यूजिक सिटी स्टुडीयोमा सम्पन्न सो कार्यक्रममा सुस्मा लामा गुरुङ फस्ट रनर अप तथा रोजी मर्हजन सेकेन्ड रनर अप हुन सफल भए । हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीता सिरिजको सातौं संस्करण हो ।

अन्र्तराष्ट्रिय अवार्ड बिजेता तथा सिनीयर फेसन कोरियोग्राफर हिमानी सुब्वाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा दर्जन बढी प्रतियोगीहरुले करिब तिन सातासम्म व्यक्तित्व विकास बोलिचाली अभ्यास, स्टेजको प्रस्तुती (क्याटवाक), फोटोसुट, वौद्धिकता अभिवृद्धि, आत्मविश्वास अभिवृद्धि लगायत विषयमा तालिम लिएका थिए ।

निकै आकर्षक पहिरनका विविध संस्करणहरुमा प्रतियोगीहरुले परिचयात्मक, पोशाक प्रद्र्धशनी, उत्कृष्ट दश, उत्कृष्ट पाँचको प्रश्नोत्तर चरण पार गर्दै बिजयको संघारमा पुगेका थिए । कोरियोग्राफर हिमानी आफै समेत निकै जोशिलो मुद्रामा र्याम्पमा उत्रिएका थिए । कार्यक्रममा कलाकारहरुको बेजोड नृत्यहरु आर्कषक ढङ्गमा प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा विविध सवटाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो । जसमा विजेता सुनिता मोस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रेस, उपबिजेताहरु सुस्मा लामा गुरुङ मोस्ट एट्राक्टिम र रोजी मर्हजन मोस्ट कन्फिडेन्टको उपाधि हात पार्न सफल भएका थिए ।

त्यस्तै गरी अन्यतर्फ मोस्ट ग्रोसफुल सन्जु मगर, मोस्ट इलिगेन्ट सृजना तावा, मोस्ट स्मार्ट मोनिका प्रधान, मोस्ट चार्मिङ रजनी शाही, मोस्ट डिलिजेन्ट लमु शेपा, मोस्ट डाइनामिक पुजा थापा बखती, मोस्ट डेडीकेट पुजा लामा, मोस्ट प्यासोनेट बिमला मगराति, बेस्ट फोटोजेनिक विद्या थापा पोखरेल, वेस्ट पर्सनालिटी सम्झना नेपाली, पब्लिक च्वाइस भिडियो विद्याा थापा पोखरेल र मोस्ट पपुलर सृजना तावा हुन सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा चर्चित नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, मोडल, भिजे एवं बैंकर शुभ आचार्य, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ, मिसेस क्यापिटल क्विन नेपाल–२०२३ लक्ष्मी भुषाल र मिसेस नोबेल नेपाल २०२३ एवं फेसन डिजाइनर सिरोसा सापकोटा रहेका थिए । कार्यक्रमको संञ्चालन रोजिन शाक्यले गरेका थिए । विवाहित महिलाहरुको क्षमता प्रतिभा अभिवृद्धिको लागी सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्