Logo
Logo

टोरेन्टोमा झल्कियो अञ्जु पन्तको क्रेज (फोटोफिचर)


630
Shares

काठमाडौं । क्यानडाको टोरन्टोमा गायिका अञ्जु पन्तको क्रेज झल्किएको छ । नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका अन्जु पन्तलाई त्यहाँ दर्शकले भव्य साथ दिएका छन् ।

नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस)ले आयोजना गरेको ‘१६औं हिमालय मेला–२०२४’मा अञ्जुको गीत सुन्न १० हजारभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । कार्यक्रममा डेड दर्जनभन्दा बढी गीत गाएको अञ्जुले बताइन् ।

कार्यक्रममा ओन्टारियो राज्यका पर्यटन तथा संस्कृतिमन्त्री स्टान चो, टोरन्टो महानगरका मेयर ओलिभिया चोउ र क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेल लगायतको उपस्थित थियो ।

प्रवासमा रहेका नेपालीहरुले नेपाली गीत–संगीतलाई कति धेरै माया गर्छन् भन्ने कुरा १६औं हिमालयन मेला २०२४ टोरोन्टो क्यानडाले प्रमाणित गरिदिएको छ । कार्यक्रममा पपगायक तिलकबम मल्ल र स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्