Logo
Logo

०६४ मा भोट हाल्नेहरुको लिस्ट बनाउन कार्यकर्तालाई प्रचण्डको निर्देशन


3.4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै एक भएर लाग्यौं भने २०८४ मा ०६४ को हैसियत प्राप्त गर्न सक्ने बताएका छन् ।

शनिबार पार्टीको नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाई हामी सबै एक भएर लाग्यौं भने ०८४ मा हामी ०६४ को हैसियत प्राप्त गर्न सक्छौं, त्यसपछि यी भ्रष्टाचारीहरु जो अहिले संख्या देखाएर हामीलाई सरकारबाट बाहिर लगेका छन्, यिनीहरुलाई कहिले पनि आउन नदिने वातावरण बनाउन सक्छौं ।’

त्यस्तै, उनले २०६४ सालको निर्वाचनमा माओवादीलाई भोट हाल्नेहरुको सूची बनाउन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । अध्यक्ष प्रचण्डले ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी ठूलो पार्टी हुँदा भोट दिनेहरुको सूची बनाउन आग्रह गरेका हुन् ।

उनले अघि भने, ‘२०६४ को निर्वाचनमा हामीलाई भोट हाल्ने जनताको घरघरमा जानुपर्‍यो । पहिला लिस्ट बनाउनुपर्‍यो र ती सबैसँग सम्पर्क गर्नुपर्‍यो । उनीहरुसँग आत्मसमीक्षा गर्नुपर्‍यो । तपाईहरुले हामीलाई ठूलो आशा भरोसा गरेर धेरै भोट दिनुभयो हामीले भन्याजस्तो गर्न सकेनौं, विवादित भयौं, हामीले गल्ती गर्‍यौं, अहिले हामीले गल्ती सच्यायौं, एकतावद्ध भयौं । अब हामी सुशासन र तपाईहरुको पक्षमा लड्न चाहन्छौं, तपाईहरुले एकचोटी फेरि मद्दत गर्नुस् भन्नुपर्‍यो ।’

त्यस्तै ०६४ मा माओवादीलाई मत दिनेहरुका छोराछोरी अहिले आफैं मतदाता भइसकेको भन्दै उनीहरुको पनि खोजी गर्नुपर्ने प्रचण्डले बताए

प्रतिक्रिया दिनुहोस्