Logo
Logo

घुस खुवाउन रकम जोहो गर्दै


9.6k
Shares

काठमाडौं । अष्टे«लियामा नेपाल वायुसेवा निगमको जहाज उड्ने कहिलेदेखि हो भन्ने कुरा केपी ओली सरकारलाई पनि थाहा छैन । तर, पूर्वाधार विकास गर्ने नाममा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले विपुला बराल भन्ने महिला कर्मचारीलाई अष्ट्रेलिया पठाएपछि निगममा हंगामा मच्चिएको छ ।

जहाज उडाउने गन्तव्यको ठेगाना नै नभएको ठाउँमा कार्यकारी अध्यक्ष अधिकारीले बराललाई पठाएपछि त्यहाँका कर्मचारीले अधिकारीको नियतमाथि शंका गरेका छन् । बराल एक महिना अष्ट्रेलिया बसेर काठमाडौंमा फर्किएकी छिन् । उनले एक महिनाभित्र अष्टे«लियामा जहाज उडाउन के के वातावरण बनाइन भन्ने रिपोर्ट निगमलाई दिएकी छैनन् ।

निगममा कर्मचारी सरुवा–बढुवामा पनि व्यापक अनियमितता हुने गरेको छ । मालदार ठाउँमा सरुवा हुन दररेट नै तोकिएको छ । अधिकारी फाइनान्स डाइरेक्टर हुँदा सुरु गरेको धन्दा अहिले पनि कायमै छ ।

निगमका कर्मचारी विदेश पोस्टिङ हुन् १०औँ लाख खर्च गर्न तयार हुन्छन । अहिले पनि जापान, दोहा, दुवई, मलेसिया र दमाम पोष्टिङ हुन मोटो रकमसहित त्यहाँका कर्मचारीहरू लछाडमछाड गरिरहेका छन् ।

जसमध्ये मिगी केसी, गुरु साह, नरेश यादव, अरविन्द कामति, प्रभाकर भट्टराई, कमल सेन र तेज थापालगायतका कर्मचारीहरू विदेश पोष्टिङ हुनका लागि तयार भएका छन् । पोष्टिङ हुनु अगाडि रकम नबुझाएसम्म पोष्टिङ पाउँदैनन् । त्यसैले घुस खुवाउन कर्मचारीले ऋणको जोहो गरिरहेको निगम स्रोतले बताएको छ ।

सहकारीको हालत खराब भएका कारण ऋण जोहो गर्न पनि कर्मचारीलाई हम्मेहम्मे परेको छ । नयाँ दिल्ली, बैंग्लोर र मुम्बईलगायतका ठाउँमा कार्यकारी अध्यक्षले मन्त्रीको कोटा पनि छुट्याएका छन् । तर, मन्त्री बन्द्री पाण्डे विदेश भ्रमणमा रहेकाले क–कसलाई सरुवा गर्ने भन्ने कुरा सोध्न भ्याएका छैनन् ।

प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक

श्रीमान्‌ सम्पाकज्यु,
दृष्टि न्यूज डटकम

विषयः खण्डन/भनाई सम्बन्धमा

उपर्युक्त सम्बन्धमा तपाईँ सम्पादक रहेको दृष्टि न्यूज पत्रिका तथा अनलाईन पोर्टल drishtinews.com सञ्चार माध्यमबाट मिति २०८१ भाद्र ११ गते “घुस खुवाउन रकम जोहो गर्दै” भन्ने शीर्षकमा प्रकाशित सामग्रीउपर हामी सम्पूण उल्लेखित व्यक्तिहरुको ध्यानाकर्षण भएको छ । उक्त समाचार सामाग्रीका सम्बन्धमा हाम्रो देहायअनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाइ हुबह स्थान दिनृहन अनरोध गर्दछौँ ।

देहायः
समाचार खण्डन बुदाः

-विदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्दा मालदार ठाउँमा भन्ने शव्द प्रयोग गरी खबर प्रकाशन गरेको स्न्दभमा यो समाचार पूर्णरुपमा कपोकल्पित भ्रामक आधारहिन रहेको ।

-नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुलाई विदेशस्थित कार्यलयमा सरुवा गर्दा पोष्टिङ कमिटिले विधमान नेपाल वायुसेवा निगम कर्मचारी सेवा शर्त सम्बन्धि विनियमावली र विदेशस्थित कार्यलयमा सरुवा (Posting) सम्बन्धि कार्यविधि, २०७६ को पूर्णरुपमा पालना गरी सरुवा गरिने हुनाले कार्यकारीउपर कपोकल्पीत, भ्रामक, तथ्यहिन समाचार सम्प्रेषण भएको ।

-विदेशस्थित कार्यालयमा कर्मचारी सरुवाहुँदा सम्पूर्ण योग्य कर्मचारीहरुको शैक्षिक योग्यता कार्यसम्पादन मूल्याङकन, जेष्ठता, तथा दक्षताका आधारमा कार्यविधिको पालनागरी सरुवा गर्ने हुनाले घस खुवाउने विषय मनोगत, कपोकल्पित, भ्रामक, तथा तथ्यहिन सम्प्रेषित समाचारले गर्दा हामी कर्मठ ईमान्दार कर्मचारीहरुको मानमर्दन, व्यक्तिगत चरित्रहत्या, मानहानी साथै सामाजिक प्रतिष्ठामा समेत गंभिर आघात पुगेको छ । विना आधार, प्रमाण गलत ढंगले नियोजित तरिका बाट सम्प्रेषित समाचारको पृष्टि गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दछौँ, साथै स्वतन्त्र मिडियाको नाममा बिना आधार प्रमाण नामसमेत किटान गरी समाचार सम्प्रेषण गरेकोले उक्त तथ्यहीन समाचार सामग्री हटाइ क्षमायाचना सहित खण्डन प्रकाशन गर्नुहुन अनुरोध छ ।

बोधार्थ
प्रेस काउन्सिल नेपाल

निवेदक
मिगी के.सी. समेत नौ जना

प्रतिक्रिया दिनुहोस्