Logo
Logo

एसएसपीको सरुवा कि हल्ला ?


3.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको युनिट कमाण्डको सरुवा सामान्यतया एक वर्षमा हुने गर्छ । विगत डेढ वर्ष यता प्रहरी संगठनलाई फुटबल खेलाएजसरी गृहमन्त्रालयले युनिट कमाण्ड गरिरहेका कमाण्डरलाई ४–६ महिनामै सरुवा गर्ने र प्रहरी संगठनभित्र हालीमुहाली गर्न थालेको छ ।

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा होस वा रवि लामिछाने गृहमन्त्री हुँदा होस मन्त्रालयले एसएसपी–एसपी र डिएसपीहरुको सरुवा समय नपुग्दै गरेर आफू अनुकुलका प्रहरी कर्मचारी पठाउने तयारी गरेको छ ।

अहिले पनि मन्त्रालयले काठमाडौं उपत्यकाको सुरक्षा र अपराध अनुसन्धान हेर्ने तीन मुख्य इकाईका प्रमुख फेर्ने तयारी गरिरहेको भन्दै मिडिया ट्रायल गरिरहेको छ । केही दिन यता यस्तो हल्ला चलाइएको हो । जबकि उनीहरु आएको धेरै भएकै छैन । अघिल्लो सरकारका समयमा ती युनिट प्रमुख बनेका प्रहरी अधिकृतको कार्यशैलीप्रति असन्तुष्ट रहेको हल्ला गराएर मन्त्रालयले उनीहरुका ठाँउमा नयाँ प्रहरी अधिकारी पठाउन लागेको चर्चा चलाइएको छ ।

गृह मन्त्रालयका एकजना उच्च अधिकारीको हवला दिदै जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको काज सरुवाको तयारी भइरहेको हल्ला गरिएको छ । स्रोतका अनुसार अहिले कुनै पनि इस्यू नभएकाले उनीहरुको सरुवालाई मन्त्रालयले प्राथमितकतामा राखेको छैन ।

यद्यपि, प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाह भएका तुरुन्तै पनि सरुवा हुनसक्छ । ती अधिकारीका अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौर, ललितपुर प्रहरी प्रमुखमा तारादेवी थापा र अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी रमेशकुमार बस्नेतको काज सरुवा हुन लागेको बताइन्छ ।

अहिले भइरहेका अधिकारीभन्दा उनीहरु उम्दा भने होइनन । राठौर औसतमा राम्रा अधिकारी हुन् । थापा महिला भएको र व्यापारीहरुसँग नजिक भएका कारण उनलाई ललिपुर पठाइन लागेको स्रोतको दावी छ । आर्थिक रुपमा ट्रयाक रेकर्ड राम्रो नभएका बस्नेतको ‘लबिङ’ केही विचौलियाहरुले गरिरहेका छन् । राठौरलाई भने अपराध अनुसन्धान कार्यालयबाट सुरक्षा परिषद पठाएकाले अर्को राम्रो ठाउँ दिन लागिएको हुनसक्ने बताइएको छ ।

हाल काठमाडौं प्रहरी प्रमुखमा वसन्त रजौरे, ललितपुरका शेखर खनाल र अपराध अनुसन्धान कार्यालयमा सानुराम भट्टराई प्रमुख रहेका छन् । यस्तै एसएसपी भट्टराईको सरुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भएको हो ।

काठमाडौं प्रहरी प्रमुख रजौरेको सरुवा भने कुनै महत्वपूर्ण युनिटको कमाण्ड नसम्हालेको र संगठनभित्र पछाडी पारिएको भन्ने आधारमा भएको थियो । उनी औसत प्रहरी कर्मचारी हुन । विवादमा नआइ काम गर्नचाहने प्रहरी कर्मचारीको रुपमा उनलाई चिनिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्