Logo
Logo

पदाधिकारी चुनावमा माधव नेपाल पक्षले बाँड्यो चिट (नामसहित)


65.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी चयनमा गुटगत प्रतिस्पर्धा देखिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षले पदाधिकारीहरुमा जिताउनुपर्ने नेताहरुको नामावली (चिट) बाँडेको छ ।

नेपाल पक्षले बाँडेको चिटमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम राखिएको छ । त्यस्तै, मधेशी समुदायको उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ । खुला उपाध्यक्षहरुमा गंगालाल तुलाधर, जगनाथ खतिवडा, उर्वादत्त पन्त र विरोध खतिवडाको नाम समावेश छ ।

नेपाल पक्षले बाँडेको चिटमा चार उपमहासचिवमा रामकुमार भट्टराई, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र अम्मर थापाको नाम माधव नेपाल पक्षले आफ्नो गुटमा राखेको छ ।

७ सचिवमा हस्तबहादुर शाही, दिलकुमारी पन्त, शेरबहादुर कुँवर, धर्मनाथ पौडेल, श्रीनाथ बराल, टोकबहादुर वाइवा र कृष्ण नेपालीको नाम उल्लेख छ । वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्