Logo
Logo

एकीकृत समाजवादीको वरिष्ठ नेतामा बेदुराम, प्रमेश र घनेन्द्र मनोनीत


36.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनित गरेको छ । जारी केन्द्रीय समिति बैठकले  एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनित गरेको हो ।


गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्षमा माधव कुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि एकीकृत समाजवादीले निर्वाचन नै गर्नुपरेको थियो ।

वरिष्ठ उपाध्यक्षको दाबी गरेका तीन नेतालाई माधव नेपालले वरिष्ठ नेतामा व्यवस्थापन गरेका छन् । घनेन्द्रले त वरिष्ठ उपाध्यक्षमा मनोनयन नै दर्ता गराएका थिए । अन्तिम समयमा उनले मनोनयन फिर्ता लिएपछि राजेन्द्र प्रसाद पाण्डे वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्