काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज डिसी (दाहाल) नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका हुन् ।
बोर्ड अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेशकुमार थापाका अनुसार फिल्म निर्देशक तथा सञ्चारकर्मी डिसी, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो ।
सिफारिस समितिले उनीहरूको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङसामु सिफारिस गरेको थियो । समितिले सिफारिस गरेकामध्ये मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो । यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए ।