Logo
Logo

मुलुकको राजनीतिक परिवर्तनका लागि माओवादी सशस्त्र युद्ध भएको हो : लेखराज भट्ट


25.8k
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव लेखराज भट्टले मुलुकको राजनीतिक परिवर्तन र समाजमा रहेको अन्याय र अत्याचार अन्त्यका लागि माओवादी सशस्त्र युद्ध भएको बताएका छन् ।

पत्रकार दीर्घराज उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै उनले भने, ‘सशस्त्र द्वन्द्वका क्रममा कतिपय स्थानमा चिताउँदै नचिताएका घटना भए, त्यो समय म पार्टीको सेती महाकाली इन्चार्जको जिम्मेवारीमा थिए, अझै पनि त्यस्ता घटनाका पीडितको अवस्था देख्दा मन दुख्छ ।’

युद्धका क्रममा दोहोरो भिडन्तमा क्षति भए पनि व्यक्ति हत्या हुनुहुन्न भन्नेमा आफूहरू सचेत रहेकाले सुदूरपश्चिममा त्यस्ता अप्रिय घटना नभएका स्मरण गर्दै सचिव भट्टले सुदूरपश्चिममा आफ्नै खाले राजनीतिक अभ्यासको इतिहास भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका युुवा नेता नैनसिँह महरले द्वन्द्वका समयमा निर्भिक कलमलाई भाँच्ने प्रयास भए पनि कलमकै बलमा वर्तमान शासन व्यवस्था यहाँसम्म आइपुगेको धारणा राखे । उनले भने, ‘त्यस बेला आशा र कल्पना गरेको शान्तिको रुपान्तरण अझै हुन सकेको छैन, नेपालको द्वन्द्व अध्ययन गर्नेका लागि पुस्तक महत्वपूर्ण दस्तावेज साबित हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्