Logo
Logo

टान निर्वाचनः पार्टीको आधिकारिक उम्मेदवार हराउन खुमलटार लागेको खुलासा !


2.2k
Shares

काठमाडौं। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनमा नेकपा (माओवादी  केन्द्र)का आधिकारिक उम्मेदवार हराउन पार्टीभित्रबाटै चलखेल भएको पाइएको छ। 

सोमबार सम्पन्न टानको ४६ औं साधारण सभा तथा निर्वाचनमा नवनिर्वाचित अध्यक्ष सागर पाण्डे हराउन उनीविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सचिवालयले पार्टीकै एक नेतालाई परिचालित गरेको  खुलासा भएको हो । 

टानको नेतृत्वका लागि माओवादी केन्द्रको तर्फबाट आधिकारिक उम्मेदवार रहेका पाण्डेलाई हराउन पार्टीका पर्यटन विभाग सचिव कमल सापकोटालाई खुमलटारबाट खटाइएको स्रोतले जनाएको छ ।

पार्टीको आधिकारिक उम्मेदवार रहेका पाण्डेले कांग्रेस एमाले गठबन्धनलाई पराजित गर्दै आइतबार टानको नेतृत्वमा विजयी भएका थिए । उनै पाण्डेलाई हराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीका पर्यटन विभागका सचिव कमल सापकोटालाई परिचालन गरेको स्रोतको दाबी छ ।

पार्टीको आधिकारिक उम्मेदवार रहेका पाण्डेलाई हराउन लागिपरेका सापकोटा  प्रचण्ड प्रधानमन्त्री हुँदा पर्यटन बोर्डको उपाध्यक्षमा नियुक्त भएका हुन् । माओवादीका हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

उनको नियुक्तिमा प्रचण्डको सचिवालयले ठूलै आर्थिक चलखेल गरेको चर्चा त्यतिबेला चलेको थियो । उनै सापकोटालाई टानको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार बनेका पाण्डेलाई हराउन प्रचण्डको सचिवालयले परिचालन गरिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रचण्डको सचिवालयले सापकोटालाई परिचालित गरेर पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका पाण्डेलाई हराउन लगाइएको थियो । 

यद्यपि योजनाबद्धरुपमा  आधिकारिक उम्मेदवार हराउने अभियान नै पार्टी हेडक्वाटरको सचिवालयबाट सुरु गरिए पनि  पाण्डेले एमाले(कांग्रेस गठबन्धनलाई पराजित गर्दै जित हात पार्न सफल भएका हुन् ।

आइतबार अध्यक्ष प्रचण्डले आफ्नै सचिवालयले हराउने अभियान नै सुरु गर्दा पनि विजयी भएका पाण्डेलाई सामाजिक सञ्जालबाट बधाई दिएका थिए ।

आफ्नो सचिवालय नै पराजित गर्न लागिपरेका पाण्डे निर्वाचित भएपछि प्रचण्डले बधाई दिएको भन्दै कतिपय माओवादी नेताहरूले आश्चर्य प्रकट गरिरहेका छन् ।

यसबारेमा प्रतिक्रिया लिन पर्यटन बोर्डका उपाध्यक्षसमेत रहेका सापकोटालाई सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्