काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकमा आज र भोलि टिपर लगायत मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गदैँ सडक मर्मत कार्य गर्नुपर्ने भन्दै टिपर लगायत मालवहाक सवारी साधन चलाउन आज र भोलि रोक लगाइएको जानकारी दिएको हो ।
सडक अत्यन्तै जीर्ण भइ यातायात सञ्चालनमा कठिनाई उत्पन्न हुन गएकोले सडक मर्मत सम्भार गरी सञ्चालन गर्न भदौ २० र २१ गते दुई दिनको लागि मालवाहक सवारी साधन बन्द गरि सडक निर्माण गरिने सडक डिभिजन कार्यालय भक्तपुरले जजनाएको छ ।
पछिल्लो समय धुलिखेलदेखि खावातर्फको विभिन्न ठाउँमा सडक क्षतविक्षत अवस्थामा पुगेको छ । बर्षात् सुरु भएयता सडकमा समस्या आएको छ । नेपालको उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ ।
सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न स्थानबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ । वर्षाले गर्दा अरनिको राजमार्ग अन्तर्गत धुलिखेल(खावा सडक खण्ड हिलाम्मे भएपछि सवारीहरु बिचबाटोमै रोकिने गरेका छन् ।