Logo
Logo

काठमाडौं प्लाजाबाटै ल्याण्डफिल साइटको निगरानी


315
Shares

काठमाडौं । काठमाडौं महानगरले सीसीटीभी क्यामरा जडान गरेर उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइटमा निगरानी सुरु गरेको छ ।

फोहर व्यवस्थापन हुँदै आइरहेको ल्याण्डफिल साइट बञ्चरेडाँडामा सीसीटीभी क्यामरा जडान गरेर महानगरले काठमाडौं प्लाजास्थित प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी सुरु गरेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारका अनुसार उक्त साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न सीसीटीभीबाट निगरानी थालिएको हो ।

क्यामराबाट प्राप्त दृश्यहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी ९ वटा क्यामरा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्