Logo
Logo

धनगढीमा ट्याङ्कर चालक र सहचालकमाथि धारिलो हतियार प्रहार


693
Shares

तस्वीर: सामाजिक सञ्जाल

काठमाडौं । कैलालीको धनगढीमा इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार भएको छ ।

गएराति ११ः २० बजेको समयमा धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा दुईवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक र सहचालकलाई चक्कु प्रहार गरेका थिए ।

ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद र तोडफोड हुँदा ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक २४ वर्षीय हरेन्द्र देउवा र सहचालक २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । उनका अनुसार आक्रमणकारीले पार्किङ गरी राखिएका अन्य चारवटा ट्याङ्करहरुमा पनि तोडफोड गरेको छ ।

प्रतिक्रिया दिनुहोस्