Logo
Logo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज


441
Shares

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह आज हुँदैछ । स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको हो ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको उद्घाटन गर्ने छन् । प्रधानमन्त्री ओलीसँगै सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।

प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिए ।

प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्