काठमाडौं । लोकप्रिय गीतकार डा. शिव सुवेदीको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार सुबेदीको शब्द सिर्जना रहेको लोकगीत ‘नरोउ है आमा’ सार्वजनिक भएको हो ।
छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु समेटिएको गीतमा स्वर पछिल्लो समयकी चर्चित लोक गायिका अस्मिता डल्लाकोटीको रहेको छ भने संगीत नन्दु परियारले गरेका हुन् ।
संगीत संयोजन पूर्ण संयोगले गरेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । यस गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । भिडियोमा गायिका डल्लाकोटी मुख्य भूमिका छिन् । साथै, भिडियोमा डल्लाकोटीसँगै अभिनेत्री हिउँवाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलको पनि अभिनय रहेको छ ।
कपिल लामाले निर्देशन गरेको यस म्युजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलले गरेका हुन् ।