Logo
Logo

‘विपक्षी कार्यदल’ गठन, के काम गर्छ ?


1.3k
Shares

काठमाडौं । विपक्षी दलहरूले तीन सदस्यीय ‘विपक्षी कार्यदल’ गठन गरेका छन् । आज (शुक्रबार) बिहान नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् ।

कार्यदलले मुख्य रूपमा विपक्षी दलहरूको बीचमा समन्वय गर्ने काम गर्ने र सरकारलाई बुझाइने ध्यानाकर्षण पत्रहरु बनाउने कार्यदलका सदस्य शिशिर खनालले बताए । उनले भने, ‘हाम्रा कदमहरूका रेकर्ड पनि रहने र अझ व्यवस्थित गर्नेगरी यो कार्यदलले काम गर्छ ।’

विपक्षी दलहरूले आगामी कात्तिक ५ गते राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर यहि असाेज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिकाे बाढीपहिराे लगायतका विषयमा ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्