Logo
Logo

अमेरिकाले सन्दीप लामिछानेलाई दियो भिसा


693
Shares

काठमाडौँ । स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । उनलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएसँगै सन्दीप आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् । टोलीका अन्य सदस्य भने अमेरिका पुगिसकेका छन् ।

अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्