Logo
Logo

माछापुच्छ्रे सहकारीका सञ्चालकसहित १०९ जनाविरुद्ध मुद्दा दायर


630
Shares

काठमाडौं । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र ऋणीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।

माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्ण

बचतकर्ताको ७ करोड ८४ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा माछापुच्छ्रे सहकारीका अध्यक्ष अमलेश कर्णसहित सहकारीका पदाधिकारी, सञ्चालक समितिदेखि ऋण उपसमितिका संयोजकदेखि सदस्यहरू गरी २१ जना र ८८ जना ऋणी गरी कुल १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उनीहरू विरुद्ध सहकारी ठगी विरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले अध्यक्ष कर्णलाई पक्राउ गरिसेको छ । सञ्चालक समिति उपाध्यक्ष सनातन कुमार मण्डल, लेखा समितिको सदस्य तथा हालको सञ्चालक समिति सचिव उत्तम ढुङ्गेल, कोषाध्यक्ष सोमी भगत, सञ्चालक समिति सदस्य प्रभाकर थापालगायत भने फरार छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले १२० जनालाई प्रतिवादी बनाएको थियो । प्रतिवादी बनाएको मध्ये ११ जनाको तीन पुस्ते नखुलेपछि प्रारम्भिक चरणमा १०९ जनालाई मात्रै प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्