Logo
Logo

प्रतिनिधिसभा विघटनको खतरा बाँकी नै छ : नारायणकाजी श्रेष्ठ


1.3k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकमा लोकतन्त्रमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको बताएका छन् ।

माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारीसभामा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विगतमा झैं प्रतिनिधिसभा विघटनको खतरा बाँकी नै रहेको पनि बताए ।

उनले भने, ‘आज विभिन्न कोणबाट लोकतन्त्रमाथि आक्रमण भइरहेको छ । लोकतन्त्रमाथि प्रहार भइरहेको छ र अपरहण गर्ने कुचेष्टा जारी छ ।’ लोकतन्त्रमाथि प्रहार गर्नेहरूले असंवैधानिक रूपमा विगतमा प्रतिनिधिसभा विघटन गरेझैं त्यो खतरा अहिले पनि कायम रहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रतिनिधिसभा विघटनलगायतका कार्य हुनबाट रोक्नुपर्ने बताए । उनले समाजवाद उन्मुख समावेशीतालाई रक्षा गर्नुपर्ने पनि बताए ।राजनीतिक उपलब्धिसँगसँगै देशले आर्थिक विकास र समृद्धिको अपेक्षा गरेको उनको भनाइ थियो ।

‘शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने र त्यसका लागि माओवादी केन्द्रले सरकार, सदन र सडकको मोर्चालाई संयोजन गरेर राष्ट्रिय कार्यभार पूरा गर्न अगाडि बढ्नुपर्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्