Logo
Logo
नारायणकाजी श्रेष्ठको प्रश्न :

‘ललिता निवास प्रकरणका दोषीलाई प्रधानमन्त्रीले सफाइ दिन मिल्छ ?’


4k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणको दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारीसभामा बोल्दै श्रेष्ठले भने, ‘ललिता निवास काण्डमा हाम्रो नेतृत्वको सरकारले सङ्गठित अपराध, किर्ते र ठगीको दायर गरेको मुद्दा अदालतमा छ । जसलाई अख्तियारले दायर गरेको मुद्दा अदालतमा छ । विशेष अदालतले २ वर्ष कैद र जरिवानाको फैसला गरेको छ ।’

उन्ल्ले अघि भने, ‘सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको, कर छलीको मुद्दा अदालतमा विचाराधीन छ, देशको प्रधानमन्त्रीले एउटा अदालतले दोषी ठहर गरिसकेको र सर्वोच्चमा विचाराधीन मुद्दाको बारेमा संलग्न भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यही हो कानुनी शासन ?’

प्रतिक्रिया दिनुहोस्