Logo
Logo

पोखराका मेयर आचार्यले बोलाएको कार्यपालिका बैठक एमालेद्वारा बहिस्कार


630
Shares

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले करारमा रहेका कर्मचारीका विषयमा छलफल गर्न बोलाएको कार्यपालिका बैठक नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।

लोकसेवाबाट बढुवा तथा सिफारिस भएर दरबन्दीमा कर्मचारी आइसकेपछि करारका कर्मचारी हटाउन कांग्रेसका प्रतिनिधिले दबाब दिएपछि मेयर आचार्यले आज कार्यपालिका बैठक बोलाएका थिए ।

बैठकमा २२ वडाध्यक्षसहित कांग्रेसका प्रतिनिधि आएपनि एमालेका प्रतिनिधिले असहमति जनाउँदै बहिस्कार गरेका हुन् । बैठकमा कांग्रेका २२ वडाध्यक्षसहित उपस्थित छन् । ४३ जनाको कार्यपालिकामा एमालेका १० वडाध्यक्षसहित १७ जना जनप्रतिनिधिले बैठक बहिस्कार गरेका छन् ।

कांग्रेसका जनप्रतिधिले बैठकमा बहुमत सदस्यले निर्णय गर्न सक्ने भन्दै एमालेको बहिस्कारका बाजुद पनि निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

यता, एमाले दलका नेता तथा वडानम्बर–१७ का अध्यक्ष राधिका शाही योगीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताएकी छन् । यसअघि बसेको २५औं कार्यपालिका बैठकले दरबन्दीमा लोकसेवाबाट बढुवा तथा सिफारिस भएर कर्मचारी आएपछि करारका कर्मचारी हटाउने निर्णय गरेको थियो ।

असारसम्म ६ महिना म्याद थप भएका कर्मचारी करार अवधि सकिएपनि ३१ जनाले हाजिरी गरेर काम गरिरहेका छन् । ती प्राविधिक समेत गरी लोकसेवाबाट ३५ जना कर्मचारी आइसकेका छन् ।

लोकसेवाबाट कर्मचारी आइसकेपछि त्यही दरबन्दीमा करारका कर्मचारी राख्न नहुने कांग्रेस प्रतिनिधिको माग छ । तर, अन्तिम ६ महिनाका लागि म्याद थप हुनुपर्ने एमाले जनप्रतिनिधिको अडान । जसका कारण मेयर धनराज आचार्य निर्णयमा पुग्न सकेका छैनन् । करार कर्मचारीका विषयमा छिट्टै निष्कर्षमा पुग्ने मेयर आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्