Logo
Logo

चिनियाँ नागरिक अपहरण प्रकरण : पक्राउ परेकाहरुलाई काठमाडौं ल्याइयो


567
Shares

काठमाडौं । ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं ल्याएको छ । चिनियाँ नागरिकलाई भारततर्फ लिएर जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । उनका अनुसार पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत छन् ।

अपहरणमा परेका चिनियाँ नागरिकलाई उद्धार गरी जिल्ला प्रहरी परिसर, भद्रकाली बुझाइएको छ । प्रक्राउ परेकामाथि जिल्ला प्रहरी परिसरमा थप सोधपुछि कारबाही अगाडि बढ्ने उनले बताए । प्रारम्भिक जाँचका क्रममा लेनदेनको विवादमा अपहरणमा गरेर भारततर्फ लैजान खोजिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्