​मतगणना सुरु हुँदा ३२ अध्यक्षमा एमाले अगाडी

काठमाडौ । आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना सुरु हँदा देशैभरी एमालेले अग्रता लिएको छ ।अहिलेसम्म ६५ स्थानको मत परिणाम प्राप्त भएको छ । जसअनुसार एमाले ३२ स्थानमा विजयी भएको छ । कांगैस १८ स्थानका साथ दोस्रो स्थानमा रहेको छ भने १४ स्थानका साथ माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । 

सोमबार बिहान साढे आठबजेसम्मको मतगणना अनुसार एमालेले मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् ।

त्यस्तै ललितपुरको महांकाल नगरपालिकाको वडा नम्बर ६ मा एमालेका वडाध्यक्षसहित सबै सिटमा एमाले बिजयी भएको हो । वडाध्यक्षमा एमालेका उम्मेदवार रामकृष्ण आचार्य बिजयी भएका हुन् ।

विभिन्न १४ गाउँपालिका तथा नगरपालिकामा एमालेले अग्रता कायम गरिरहेको छ ।

दक्षिणकाली नगरपालिका
राजधानीको दक्षिणकालि नगरपालिकामा एमालेका शशि शर्मा अर्यालले २७१ मत ल्याएका छन् भने कांग्रेसका मोहन वस्नेतले १२३ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका उग्रेन लामाले ७० मत ल्याएका छन् ।

शंखरापुर नगरपालिका
राजधानीको शंखरापुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार सुवर्ण श्रेष्ठ १७८ मत ल्याएका छन् भने माओवादी केन्द्रका कुष्ण सुवेदीले १३८ मत ल्याएका छन् । नेपाली कांग्रेसका शंकर तिवारीले ७१ मत ल्याएका छन् ।

बनेपा नगरपालिका
काभ्रेको बनेपा नगरपालिकामा जारी रहेको मत गणनामा एमालेका मेयरका उम्मेदवार लक्ष्मी नरसिंह वादेले ५२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका राम जोशीले ४२ मत ल्याएका छन् ।
धादिङ, धुनीवेशी नगरपालिका
धादिङको धुनीवेशी नगरपालिकामा एमालेका बालकृष्ण आचार्य ११५ मत ल्याएका छन् भने माओवादी केन्द्रका दीपक लामिछाने ६८ मत ल्याएका छन् । नेपाली कांग्रेसमा माधव पाण्डेले ५१ मत ल्याएका छन् ।

कावासोती नगरपालिका
नवलपरासीको कावासोती नगरपालिकामा एमालेका चन्द्र पुनले २०९ मत ल्याएर अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका महेन्द्र पोखरेलले ९८ मत ल्याएका छन् भने माओवादी केन्द्रका डसीराम बस्यालले १४ मत ल्याएका छन् ।

गैडाकोट नगरपालिका
नवलपरासीको गैडाकोट नगरपालिकामा एमालेका छत्र पौडेलले २५६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गजेन्द्र आलेले २१४ मत ल्याएका छन् भने माओवादी केन्द्रका दुर्गा ढुंगाना २४ मत ल्याएका छन् ।

मध्यविन्दु नगरपालिका
नवलपरासिको मध्यविन्दु नगरपालिकामा एमालेका भीमलाल अधिकारी २१५ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका चन्द्रबहादुर राना १६३ मत ल्याएका छन् । माओवादी केन्द्रका सुष्मा खनाल १४ मतका साथ तेस्रो स्थानमा छन् ।
मकवानपुर, थाहा नगरपालिका
मकवानपुरको थाहा नगरपालिकामा एमालेका विष्णु ढकालले २४० मत ल्याएका छन् ।
त्यस्तै माओवादी केन्द्रका लवशेर विष्टले २०५ मत ल्याएका छन् । भने राप्रपाका हरेराम कार्की २ मतले अगाडि छन् ।

मनहरी गाउँपालिका
मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका एकराज उप्रेती ३७ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका शंकर न्यौपाने २७ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका रामहरि सुवेदीले १३ मत ल्याएको छ ।

मनाङ, चामे गाउँपालिका
मनाङको चामे गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर घले २१४ मतका साथ विजयी भएका छन् भने नेपाली कांग्रेसका अनिता लामाले १७३ मत ल्याएका छन् ।

बेनी नगरपालिका, म्याग्दी
म्यादीको बेनी नगरपालिकामा एमाले प्रमोद श्रेष्ठका ३२७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले २०७ मत ल्याएको छ ।

रसुवा, उत्तरगया गाउँपालिका
रसुवाको उत्तरगया गाउँपालिकामा एमालेका अशोक घिमिरेले अग्रता लिएका छन् । जारी मत गणनामा उनले १६२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उपेन्द्र लम्सालले १४८ मत ल्याएका छन् । माओवादी केन्द्रका मेघनाथ घिमिरेले ५४ मत ल्याएका छन् ।

रसुवाको, कालिका गाउँपालिका
रसुवाको कालिका गाउँपालिकामा एमालेकी सीताकुमारी पौडेलले १२३ मत ल्याएर अग्रता लिएकी छिन् भने माओवादी केन्द्रका उद्धवप्रसाद रिजालले १२२ मत ल्याएका छन् । नेपाली कांग्रेसका साधुराम पौडेलले ९७ मत मत ल्याएका छन् ।

महांकाल गाउँपालिका
ललितपुरको महांकाल गाउँपालिकामा एमालेका रामचन्द्र दाहालले २५५ मत ल्याएका छन् भने माओवादी केन्द्रका बुद्ध नेगी १३२ मत ल्याएका छन् । नेपाली कांग्रेसमा भीमसेन घिमिरेले १०९ मत ल्याएका छन् ।

महालक्ष्मी नगरपालिका
ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठले २०२ मत ल्याएका छन् भने माओवादी केन्द्य्रका शिव कट्टेलले १२६ मत ल्याएका छन् । नेपाली कांग्रेसमा महेश खड्काले ७९ मत ल्याएका छन् ।

Related News