​३३ किलो सुन तस्करीमा यसरी फसे एसएसपी

दृष्टि न्यूज

काठमाडौं, ११ वैशाख । ३३ किलो सुन तस्करी प्रकरणले प्रहरीमा भुइँचालो  गएको छ । मोरङ, उर्लाबारीका सनम शाक्य हत्या र सो घटनाको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीको  छानबिन गर्ने क्रममा धेरै प्रहरी अधिकारीहरुको जागिर संकटमा परेको छ । 
स्वच्छ छविका प्रहरी अधिकृत मानिने अपराध महाशाखाका एसएसपी दिवेश लोहनी प्रत्यक्ष रुपमा संलग्न भएको यो घटनामा पूर्व डिआईजी गोविन्द निरौला समेत पक्राउ परिसकेका छन् । अन्य प्रहरीहरु छानबिनको क्रममा छन् । 
एसएसपी लोहनी जस्ता व्यवसायिक प्रहरी अधिकारी कसरी यो प्रकरणमा फसे धेरैको चासोको विषय बनेको छ । खासमा एसएसपी लोहनी समेत सो प्रकरणमा फसेको खुलेको छ । तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उनलाई फसाएका थिए । अर्यालकै निर्देशनमा सो घटनाको अनुसन्धानमा उनले मोरङमा टिम पठाएको स्रोत बताउँछ । पछि थप अनुसन्धान नगर्न उनलाई अर्यालबाटै दबाब आएको थियो । 
यद्यपी सो प्रकरणमा महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले भने चलखेल गरेका थिए । 
सुन तस्करीका नाइके चुडामणि उप्रेतीसँग उनको अर्यालको चिनजान थियो । त्यसकारण उप्रेतीले सो प्रकरणमा आईजिपीलाई नै प्रयोग गरेका थिए । जसकारण अर्याल पनि छानबिनको दायरामा छन् । 
उप्रेतीले धेरै प्रहरी अधिकारीहरुलाई महंगा उपहार दिएर प्रभावमा पार्दे आएका थिए । बाजेको सेकुवा रेष्टुरेन्टमा लगेर भोज खुवाउँथे । भाजेको सेकुवाका मालिक चेतन भण्डारी उप्रेतीका मामा हुन् । तस्करीमा भण्डारीको समेत लगानी रहेको आशंका गरिएको छ । 
सो प्रकरणमा एसएसपीहरु प्रेम चन्द, श्याम खत्री, एसपी बिकाराज खनाल, डिएसपी संजय राउत लगायतको पनि जागिर धरापमा परेको छ । एसपी खनाल नयाँ आईजीपी सर्बेन्द्र खनालका आफन्त हुन् । 

Related News