​३६ वसन्तमा प्रवेश

दृष्टि न्यूज

आजबाट हामी ३६ वर्ष प्रवेश गरेका छौँ । राजनीतिक, सामाजिक, आर्थिक बदलावका निम्ति कयौँ अप्ठेरा र असहजता पार गर्दै हामीले ३५ वर्ष बितायौँ । यो खुसियाली र सफलतामा हामी सर्वप्रथम तपाईं पाठकहरूलाई नमन गर्न चाहन्छौँ । हाम्रो ३५ वर्षको यात्रा तपाईंहरूको साथ र समर्थनबिना सम्भव थिएन । यो विशेष अवसरमा म श्रद्धेय पाठकहरू, विक्रेता एवम् वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सी तथा शुभेच्छुक महानुभावहरूप्रति आभार प्रकट गर्न चाहन्छु । 
भनिन्छ, युद्धले कालखण्ड बदल्छ भने कलमले युग । हामी त्यही कमलको माध्यमबाट युग बदल्ने महाअभियानमा लामबद्ध भइरह्यौँ । पहरेदारी गरिरह्यौँ । त्यसैले हामी अधिकार सम्पन्न जनताको वास्तविक शासन स्थापना गर्न भएका संघर्षको एउटा हिस्सा बन्न पायौँ । अहिले ‘दृष्टि’का पाना पल्टाएर हेर्दा न्याय, समानता र स्वतन्त्रताको संघर्षमा यसको गर्भिलो दृढता, अठोट र प्रतिबद्धता  देख्दा आत्मसन्तोष मिल्छ । हामीले निरंकुश शासनविरुद्धको संघर्षमा कहिल्यै कसैस“ग हार मानेनौँ । कसैस“ग सम्झौता गरेनौँ । बरु, अग्रगामी परिवर्तनको ‘मिसन पत्रकारिता’ मा आफूलाई समर्पित गरिरह्यौँ । दृष्टिको ‘मिसन’ अझै पूर्ण भएको छैन । हामी राजनीतिक परिवर्तनको यो कालखण्डमा आइपुगे पनि समतामूलक समावेशी समाजवादी व्यवस्थाको लक्ष्य पूरा नहुँदासम्म, समृद्धिको जनचाहना पूरा नहुँदासम्म आफ्नो दायित्व पूर्ण भएको ठान्ने छैनौँ । 
‘फ्ल्यासब्याक’मा फर्कंदा, दृष्टिले ‘मिसन पत्रकारिता’ थाल्दा मुलुकमा निरंकुश पञ्चायती तानाशाह व्यवस्थाको जगजगी थियो । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो । सर्वसाधारण जनतामाथि निर्मम दमन गरिन्थ्यो । पढ्न, लेख्न, भेला हुन र संगठित हुन दिइ“दैनथ्यो । अभिव्यक्ति स्वतन्त्रता थिएन । तत्कालीन व्यवस्थाको विरोधमा लेखिएका समाचार र विचारमा अञ्चलाधीश कार्यालयबाट आएका मानिसहरूले कालो पोत्थे । पत्रिकाको दर्ता खारेज गरिन्थ्यो । बजारमा बेच्न राखिएका पत्रिका प्रहरीले जफत गरेर लैजान्थे । प्रकाशक, सम्पादक, संवाददाता, स्तम्भकार र प्रि–प्रेसमा काम गर्ने सहकर्मीहरूसमेत शासकहरूको कोपभाजनको शिकार हुन्थे । पत्रकारमाथि राजकाज मुद्दा लाग्थ्यो । त्यस्तो कहालिलाग्दो कालरात्रिमा पनि ‘दृष्टि’ले ती सबै ज्यादतीको डटेर सामना ग¥यो । पञ्चायती शासनविरुद्ध विद्रोहको चिराग फुक्यो । परिवर्तनका पक्षधर राजनीतिक दल र परिवर्तनकामी जनताको पक्षमा आफूलाई समर्पित ग¥यो । 
असंख्य पाठकको प्रेमले ‘दृष्टि’ देशको सबैभन्दा लोकप्रिय साप्ताहिक पत्रिका बन्न सफल हुँदै आएको छ । यो सफलताको वास्तविक हकदार निःसन्देह पाठक नै हुन् । अब ‘घरघरमा दृष्टि, पलपलमा दृष्टि’ हाम्रो अबको संकल्प बन्नेछ । छापा माध्यमबाट हामी तपाईंहरूको घरघरमा हुनेछौँ भने अनलाइन माध्यमबाट पलपलमा । छापा र अनलाइन दुबै माध्यमबाट आज पर्यन्त जनतालाई अग्रगामी राजनीतिक परिवर्तनको पक्षमा गोलबन्द गर्न र सुदूर भविष्यको सपना साकार पार्न उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ । 
राजनीतिक व्यवस्थामा धेरै परिवर्तन आइसकेको छ । राजनीतिक स्थायित्व कायम भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा गरिएको व्यवस्थाअनुसार स्थानीय, प्रादेशिक, संघीय तहका सरकार, सदन र अदालतको अभ्यास गर्दैछन् । यद्यपि, संघीयता अभ्यास शैशवकालमै छ । चुनौति, अवसर बराबर छन् । यसको प्रयोगमा निखारता ल्याउन र अपेक्षित प्रतिफल दिने गरी सबै तहका जनप्रतिनिधिहरूलाई सकारात्मक सहयोग र रचनात्मक खबरदारको खाँचो छ । तर, अब हामी अल्झिनुपर्ने मुद्दा र विषय छैन । मात्र समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्नुछ । मुलुक अब गरिबीको दुष्चक्रबाट मुक्त हुनैपर्दछ । त्यसका लागि समृद्ध, सभ्य र आधुनिक नेपाल निर्माण गर्दै अघि बढे मात्र त्यो राष्ट्रिय आकांक्षा पूरा हुन सक्छ । 
समृद्धि र विकासका लागि सुरु भएको समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान सफल बनाउन अब ‘दृष्टि’ को ‘मिसन पत्रकारिता’ केन्द्रित रहनेछ । त्यसका लागि हामी सरकार र सबै राजनीतिक दललाई खबरदारी गरिरहनेछौँ । जात, धर्म र सम्प्रदायबीचको आपसी मेलमिलाप र सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गराउन विगतमा जस्तै भूमिका खेलिरहनेछौँ । चेतनाको बिगुल फुकिरहनेछौँ । पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र विश्वकम्युनिष्ट आन्दोलनकै उँचो जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’लाई व्यवहारतः कार्यान्वयन गर्न हामी विगतमा जस्तै आगामी दिनमा पनि कृयाशील रहनेछौँ । जबजको उद्देश्यअनुरूप जनता समृद्ध नबन्दासम्म हाम्रो मिसन रोकिने छैन, हामी थाक्ने छैनौ“ । अन्त्यमा, हाम्रा सम्पूर्ण ग्राहक, पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकहरूमा हार्दिक आभारसहित शुभकामना टक्र्याउ“छौं, जसले ‘दृष्टि’लाई यहा“सम्म ल्याइपु¥याउन निरन्तर सहयोग गरिरहे, उनीहरूप्रति हामी सदा कृतज्ञ रहनेछौ“ ।

Related News