चार घण्टा लामो छलफल निष्कर्षविहिन

दृष्टि न्यूज

काठमाडौं, ६ फागुन । गत असोज १७ गतेको सम्झौताको जगमा उभिएर पार्टी एकता गर्ने प्रयास गरिरहेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले आइतबार चार घण्टा लामो छलफल गरेका छन् । सो छलफलबाट समेत निष्कर्ष निकाल्न कठिन भएको छ । 
यसअघि पनि पटक पटक घण्टौ छलफल गरिसकेका दुई नेताका बीचमा आइतवारको वार्ताश्रृंखलाले समेत एकता चाहेका आम जनतालाई कुनै नयाँ खुशी दिन सकेन । 
पार्टी एकता र सरकार सञ्चालनबारे सहमति जुटाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार बिहान साढे १० बजेबाट वान टु वान बार्ता सुरु भएको थियो । दुवैले आफ्नो घरमा नगरेर अन्यत्रै वार्ता गरेको भएपनि उनीहरुको वार्ता सफल हुन सकेन । चार घण्टा लामो छलफलपछि पनि पार्टी एकता संयोजन समितिको बैठकलाई ठोस जिम्मेवारी दिने सम्बन्धमा दुई नेताका बीचमा सहमति हुन सकेको छैन । पार्टी एकता संयोजन समितिमा नेतृत्व व्यवस्थापन र सैद्धान्तिक रुपमा जबज र माओवाद अल्झिएको छ । 

Related News