८५८ आप्रवासीलाई भूलवश नागरिकता

दृष्टि न्यूज

वासिङ्टन (अमेरिका), ४ असोज । अमेरिकी प्रशासनले कम्तिमा ८५८ जना विदेशीलाई ‘भूलवश’ नागरिकता प्रदान गरिन पुगेको अमेरिकी होमल्यान्ड सेकुरिटी परीक्षणले जनाएकोे छ । 
यसरी अमेरिकी नागरिकता प्राप्त गर्ने केही विदेशीमा सम्बन्धित देशबाट सुरक्षाका कारण वा छलकपट गरी आप्रवासी शरणार्थीको रुपमा अमेरिकामा बसोबास गर्दै आएकाहरुसमेत परेको बताइएको छ । नागरिकता प्राप्त गर्ने विदेशीहरुको नाम नखुलाए पनि इन्स्पेक्टर जनरल रोथका संपरीक्षकले यस्ता विदेशीहरु अमेरिकाको सुरक्षाका लागि चुनौती हुने गरेका बताएका छन् । उनीहरु कुन मुलुकबाट अमेरिका प्रवेश गरेका भन्ने सम्बन्धमा भने गोप्य राखिएको छ । रासस÷एपी

Related News