​८८ किलो सुन तस्करी गर्ने थप दुई पक्राउ

काठमाडौं, २० भदौ । 
८८ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार दिलिप खड्का र दाम्पा लामालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले रसुवाबाट पक्राउ गरिएको हो । पक्राउ गरी दुवै जनालाई काठमाडौं पठाइएको रसुवाका डिएसपी शरद थापाले बताए । 
महानगरीय अपराध महाशाखाले सोमबार क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरी मनोज अधिकारीलाई पक्राउ गरेको थियो । सुन तस्करका नाइकेहरु भने भाग्न सफल भएको छ । उनीहरु प्रहरीमा सेटिङ मिलाउन व्यस्त रहेको स्रोत बताउछ । 

Related News