​‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै

दृष्टि न्यूज

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज सोमबार तीन खेल हुँदैछन् । यो तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुनेछ । तेस्रो चरणको खेल ६ मंसिरमा हुनेछ । 
आज जावलाखेल युथ क्लब र संकटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ भने आजै सरस्वति क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा तेस्रो खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।लिग चरणको दोस्रो खेलमा उत्रिँदै गर्दा संकटा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । जावलाखेल भने पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीमा उमेर समूहका खेलाडीको बाहुल्यता छ । पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले हराएको थियो । जावलाखेल भने विभागीय टोली पुलिससँग १–० ले पराजित भएको थियो । 
आजै दोस्रो खेलमा फ्रेन्डस क्लब र सशस्त्र प्रहरीको एपिएफबीच दोस्रो खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । फ्रेन्डसले पहिलो खेलमा थ्री स्टारसँग २–१ को पराजय बेहोरेको थियो । एपिएफ भने हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो । आजै एपिएफ मैदानमा हिमालयन शेर्पा र सरस्वती युवा क्लबले खेल्नेछन् । 

Related News