​आनको अध्यक्षमा रिजाल सर्वसम्मत

काठमाडौं, २७ पुस। 
नेपाल बिज्ञापन संघ(आन)को अध्यक्षमा रवीन्द्रकुमार रिजाल ‘शशि’ सर्वसम्मत चयन भएका छन् । बुधबार सम्मन १८ औं साधरणसभाले रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। 
 संघको बरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, दृतिय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सह कोषाध्यक्षमा पंकज प्रधान निर्वाचित भएका छन्। 
कार्यसमिति सदस्यहरुमा रोशन प्रसाई, रमेश पुरी, विशालपुरुष ढकाल, किरण गैरे, अरुणकाजी स्थापित र सन्तोष खड्का सर्वसम्मत चयन भएका छन् । 
संघको कोषाध्यक्ष र सचिव पदमा भने बिहीबार निर्वाचन हुँदै छ । कोषाध्यक्षमा पिताम्बर पोखरेल र यमुना पौडेलले उम्मेदवारी दिएका छन् भने सचिवमा कृष्णप्रसाद घिमिरे र सालिकराम घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ। 

Related News