​आङ सान सु की काठमाडौंमा

दृष्टि न्यूज

काठमाडौं । म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु की बिहीबार बिहान काठमाडौं । आइपुगेकी छन् । उनी एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि यहाँ आएकी हुन् ।
नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उनलाई सलामी दिएको थियो । सम्मेलन १७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

Related News