​आखाँभरी सपना, मुटुभरी माया मुक्तक संग्रह लोकापर्ण

दृष्टि न्यूज

रोल्पा, १० पुस । नेपाल मुक्तक प्रतिष्ठान रोल्पाको आयोजनामा कृति लोकापर्ण कार्यक्रम सम्पन्न भएको छ । रोल्पा रेउघा निवासी मिलन चक्रे पुनमगर र सुनछहरी गाउँपालिका जेल्बाङ निवासी बिपना मगरको संयुक्त मुक्तक संग्रह आखाँभरी सपना मुटुभरी माया नामक कृतिको लोकापर्ण गरिएको हो ।
लिबाङस्थित बाचनालयको हलमा आयोजित लोकार्पण कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठान रोल्पाका सल्लाहकार ओम पन्छी रहनुभएको थियो भने कार्यक्रममा पत्रकारहरुका तर्फबाट नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, साहित्यकारहरुका तर्फबाट राप्ती साहित्य परिषद रोल्पाका अध्यक्ष कविता उपाध्यायले बोलेका थिए । कृतिको समिक्षा ब्योमजी अवतारले गर्नुभएको थियो भने कृतिकार बिपनामगरले आफना भनाई राखे । एकसय वटा विभिन्न खाले मुक्तकहरु समावेश गरिएको कृतिमा मायाँ प्रेम सँगै विभिन्न सामाजिक कुरितिको बारेमा समेत चर्चा गरियो ।
कार्यक्रममा राप्ती साहित्यपरिषद रोल्पाका उपाध्यक्ष चन्द्रज्योती सुवेदी र अच्युत बाबु मर्सिफुल लगायतले मुक्तक बाचन गरे । प्रतिष्ठान रोल्पाका अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन उपाध्यक्ष खेमराज गाउँलेले गरे ।
कार्यक्रममा ललित साहित्य परिषद रोल्पाका उपाध्यक्ष नबिनलोचन मगर, राप्ती साहित्य परिषद रोल्पाका उपाध्यक्ष चन्द्रज्योती सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष खेम बुढा, साहित्यकार एवम कथाकार महेन्द्र महक, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव जीवन डाँगी, पत्रकार दिनेस सुवेदी, पत्रकार उमा केसी, पत्रकार माधव ओली, पत्रकार पहलमान डाँगी, पत्रकार रेशम बिक, साहित्यकार अमर जिएम लगायत जिल्लाका विभिन्न मिडियामा आवद्ध पत्रकारहरु, विभिन्न साहित्यीक संस्थामा आवद्ध साहित्यकारहरुको सहभागिता थियो ।

Related News