​प्रचण्डले आफैं दिए छोराको शरीरमा दागबत्ती

काठमाडौं, ३ मंसिर । सामान्यतया आफ्ना सन्तानको दागबत्ती दिनुपर्दा पितालाई कति पीडा हुन्छ ? कल्पना पनि गर्न सकिन्न । तर त्यस्तै पीडा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि परेको छ । अध्यक्ष दाहाललाई एकपछि अर्को सन्तानवियोगको पीडा परेको छ । दाहालले आइतबार साँझ पशुपति आर्यघाटमा आफ्नै छोरा प्रकाश दाहालको पार्थीव शरीरमा दागबत्ती दिएका छन् । 
शनिबार राति हृदयघात भएपछि आइतबार बिहानमात्र अस्पताल लगिएका प्रकाश दाहाललाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । अस्पताल लानु ३ घन्टाअघि नै उनको मृत्यु भएको चिकित्सकहरुले जानकारी दिएका छन् । प्रकाश दाहालको सब नर्भिक अस्पतालबाट माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा श्रद्धान्जलीका राखिएको थियो । जहाँ विभिन्न पार्टीका नेताहरुले श्रद्धान्जली दिएका थिए ।  

Related News